रवि लामिछानेलाई जेलमा हाल्न होइन, शालिकरामलाई नाय दिलाउन म लागेको छुः अधिवक्ता नेपाल

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण यतिबेला निकै चर्चामा छ । उनको आत्महत्याभन्दा बढी चर्चा भएको छ, उनले मुछेका मान्छेहरुको पक्राउ । त्यसमा पनि उनका पूर्व सहकर्मी पत्रकार रवि लामिछानेको पक्राउले देश तातेको छ । उनका पक्षमा विभिन्न ठाउँमा प्रदर्शन हुनुका साथै सामाजिक सञ्जालभरि आक्रोश पोखिएका छन । मत विमत व्यक्त भएका छन् ।

यसैक्रममा एकजना अधिवक्ताले दिएको अभिव्यक्ति पनि चर्चामा आएको छ । मृतक शालिकराम पुडासैनी परिवारका तर्फबाट बहस गर्ने घोषणा गरेका अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमा आफू रवि लामिछानेलाई जेल हाल्न नभई शालिकरामलाई न्याय दिलाउन वकालत गरेको बताएपछि उनको त्यो भनाई चर्चामा आएको हो । उनले न्याय सबैलाई चाहिने बताउँदै सडकमा रवि लामिछानेलाई मात्र न्याय चाहिने खालको गन्ध आउनु राम्रो नभएको बताएका छन् ।

अधिवक्ता नेपालले भनेका छन्ः ‘मेरो वहस पैरवी कानुनको शासनको लागि हो । रवी जि मात्र किन ? सँगै अरु पक्राउ परेका अरु साथीहरुका लागि चाहिँ चाहिँदैन न्याय ? के ती चेलीलाई न्याय चाहिँदैन जसको म्यासेजको गोप्यता सार्वजनिक गरेर उनको बाँकी जीवन पनि अप्ठ्यारो बन्दैछ ?’ साथै उनले यो प्रकरणमा सबैलाई कानुन अनुसारको न्याय दिनुपर्ने र आफू त्यसकै लागि लाग्ने बताएका छन् । उनले आफूले शालिकरामका परिवारका पक्षबाट वकालत गर्दा रविले पनि न्याय पाउनुपर्छ भन्ने कुरामा नबिर्सने बताएका छन् ।

अधिवक्ता नेपालले फेसबुकमा लेखेको स्टाटस यस्तो छः

“. शालिकराम पुडासैनीको पक्षबाट बहस पैरवी गर्न स्वीकार गरेको रवी जीलाई जेल हाल्न होइन, स्व. पुडासैनीको देहान्त कसरी भयो भन्ने सत्य सबै वीचको बहस पैरवीबाट स्थापित गर्न हो, नेपालमा अहिलेसम्म भएका शंकाष्पद जीवनान्त्य सरह पर्दाभित्रै नरहोस् भनेर हो । मेरो वहस पैरवी रवी जीलाई पनि न्याय दिलाउनको लागि हो, कानुनको शासनको लागि हो । रवी जि मात्र किन ? सँगै अरु पक्राउ परेका अरु साथीहरुका लागि चाहिँ चाहिँदैन न्याय ? के ती चेलीलाई न्याय चाहिँदैन जसको म्यासेजको गोप्यता सार्वजनिक गरेर उनको बाँकी जीवन पनि अप्ठ्यारो बन्दैछ ? विषय त उनीहरू वीचको च्याट म्यासेज घुमाई घुमाई सेभ गरेर एकअर्कामा डिस्सिमिनेट गरिएको चाहिँ हो । कसले कति कमाउँथ्यो, कसले कति कमाउँथ्यो भन्ने विषय आत्महत्या दुरुत्साहनको विषय हुन सक्दैन भनेर मैले अन्तरवार्ताहरुमा भनेको छु । र, उहाँको म्यासेज रवीजीले नै हिस्सिमिनेट गरेको हो भन्ने मलाई लाग्दैन भनेर पनि भनेको छु । अहिलेको सबैभन्दा मुख्य कुरा नै शालिकराम जीको जीवनान्त्यको कारण पत्ता लाग्नु नै उनको आत्मालाई, रवी जीलाई र अरु साथीहरुलाई पनि न्याय प्राप्त हुनु हो । त्यसैले म न्यायका लागि बहस पैरवी गर्दैछु । कसैमाथि आरोप हुने छैन । तथ्यको प्रस्तुति र मिमांसा हुनेछ मेरो तर्फबाट ।”

Loading...