१२ महिलासहित रवि लामिछानेका २३ समर्थक विरुद्ध प्रहरीले दायर गर्यो मुद्दा

चितवन । प्रहरीले रवि लामिछानेका २३ जना समर्थक विरुद्ध पनि मुद्दा दर्ता गरेको छ । लामिछानेको गिरफ्तारी विरुद्ध चितवनमा प्रदर्शनमा गर्दा उग्र स्वभाव देखाएको र उच्छृङखल गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुविरुद्ध मुद्दा दता गरेको हो ।

प्रहरीले २३ जनालाई नै पक्राउ गरिसकेको छ । चितवनको भरतपुरमा भएको प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले प्रदर्शनमा उश्रृङखल गतिविधि गर्ने र भीडलाई उत्तेजित पार्ने २३ जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरिएको जानकारी दिएका हुने ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका रवि लामिछानेको रिहाइको माग गर्दै जुलुस निकाल्ने मध्ये प्रहरीले २३ जनालाई पक्राउ गरेको थियो । प्रहरीले जुलुसमा सहभागी ११ जना पुरुष र १२ जना महिलालाई पक्राउ गरेको थियो । त्यसमध्ये साउन ३२ गते ४ जना पक्राउ गरेको थियो । त्यसैगरी भदौं २ गते १० जना र ३ गते ९ जनालाई पक्राउ गरेको थियो । उनीहरु सबैलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो । उनीहरुमाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ । त्यसमध्ये केही धरौटी बुझाएर रिहा भइसकेका छन् ।

रवि लामिछानेलाई अदालतमा पेश गरिएको पहिलो दिन पक्राउ परेका ४ जनालाई जिल्ला प्रशासन कार्यालय चितवनले पाँच पाँच सय रुपैंया धरौटीमा रिहा गरेको थियो । १० जनाको हिजो मुद्धा दर्ता भएको र बाँकी ९ जनाको बुधवार मद्दा दर्ता गरिएको हो ।

चितवन प्रहरीले प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिए। रवि लामिछानेलाई पक्राउ गरेपछि उनका समर्थकहरुले जुलसु र सामाजिक सञ्जालमा आक्रमक अभिव्यक्ति दिँदै आएका छन्।

Loading...