२५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै नेपाली सेनाले खुलायो विज्ञापन

नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सर्वोच्च पद अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आव्हान गरेको छ । २५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै प्रतिस्पर्धामा सहभागी हुन सेनाले विज्ञापन खुलाएको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग बिहीवार एक सूचना जारी गर्दै उक्त पदको लागि दरखास्त आह्वान गरेको छ ।

२५० जनाको माग गरेको विभागले १ सय३१ जना खुला प्रतिष्पर्धाबाट,३६ आदिवासी जनजाती, ३१ मधेशी,२२ जना महिला, १७ दलित, ६ पिछडिएको क्षेत्र र ७ सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ।

त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।

दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म रहेको निर्देशनालयले जनाएको छ । विस्तृत जानकारीको लागि विहीवार प्रकाशित गोरखापत्रको पेज नम्बर ११ हेर्नुहोला ।

हेर्नुस सूचना

Loading...