सर्लाहीमा २० वर्षिया युवतीको घाटि रेटी हत्या

सर्लाही ३ भदौ । सर्लाहीमा धारिलो हतियारको प्रयोग गरि एक युवतीको हत्या भएको छ । गए राती एक युवतीको धारिलो हतियारको प्रयोग गरि हत्या भएको हो ।

ईश्वरपुर नगरपालिकामा धारिलो हतियारको प्रयोग गरि हत्या गरिएको अवस्थामा नाम ठेगाना नखुलेको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

ईश्वरपुर-१३ श्रीनगर स्थित जंगलको रेलवे बाट सागरनाथ आउने भित्री सडक खण्डमा अन्दाजि २० वर्षिया युवतीको घाटी रेटी हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।

घटनाको थप अनुसन्धान कार्य भईरहेको र अनुसन्धान पछि घटना बारे केही भन्न सक्ने ईलाका प्रहरी कार्यलय केशरगंजका प्रहरी निरिक्षक जय कृष्ण प्रसाद कुर्मीले बताए । शवलाई पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।

प्रेम सम्बन्धका कारण हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । यस्तो क्रुर हत्या गर्ने अभियुक्तलाई चाडै समाई कानुन अनुसार कडा कार्वाही गरिने सर्लाही प्रहरी प्रमुख गोपाल चन्द्र भट्टराईले बताए ।

Loading...