रविको पक्ष र विपक्षमा छुट्टाछुट्टै जुलुस, झडप हुनसक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन

चितवन, ३२ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे पक्षमा प्रदर्शन बढेसँगै अर्काे पक्षले पनि चितवनमा जुलुस निकालेका छन ।

शनिवारदेखि पत्रकार पुडासैनीकाे पक्षमा पनि जुलुस निस्केपछि यहाँ झडपकाे अवस्था सिर्जना भएकाे छ । पुडासैनीको सुसाईड भिडियो प्रकरण बाहिरिए लगत्तै रबि लामिछानेसहितका आरोपितहरुलाई प्रहरीले पक्राउ गरेसँगै चितवनको माहोल एक्कासी तातेको हो। रबि लामिछानेलाई पक्राउ गरेपछि उनका सर्मथकहरुको भिडले रवि निर्दोष रहेकोले उनलाइ छाड्नुपर्ने माग राख्दै चितवनमा शुक्रबार दिनभर नाराजुलुस गरेका थिए ।

रविका सर्मथकको जुलुसले साँझ प्रहरी कार्यालयमा तोडफोड गर्ने प्रयास समेत गरेका थिए । साे क्रममा झडप हुँदा ६ जना प्रहरी घाईते समेत भएका थिए । शनिबारकाे दृष्य भने फरक देखिएकाे छ । बिहानैदेखि रविका सर्मथकसँगै शालिग्राम पुडासैनीलाई न्याय दिनुपर्ने माग राख्दै भरतपुरमा अर्को प्रदर्शन पनि सुरु भएको छ ।

आरोप लागेका जो कोहीमाथि अदालतले छानविन गर्न पाउने अधिकारलाई नै प्रभावित पार्ने गरी समर्थन र विरोध गर्न नमिल्ने उनीहरूको भनाइ छ। प्रर्दशनका क्रममा उनीहरूले निष्पक्ष छानविन गर्न दिन आग्रह गरेका छन्। स्वतन्त्र युवा समूहको नामबाट गरिएको प्रर्दशनमा दोषी ठहरिए कानुनी कारबाही हुने भन्दै पत्रकार रवि लामिछानेको पक्ष र विपक्षमा नउभिन अपिल गरिएको भए पनि रविका सर्मथकहरुले त्यो स्वतन्त्र समूहलाई आफ्नो बिरोधी समूह मानेको बुझिएको छ ।

यसैबीच शनिवारदेखि रवि लामिछानेका सर्मथकले अनिश्चितकालीन चितवन बन्दकाे घाेषणा गरेका छन । उनीहरुले बन्दकाे घाेषणा गरे पनि शनिवार जिल्लामा त्यसकाे कुनै प्रभाव परेको छैन । बजारहरु सामान्य अवस्थामा झै खुलेका छन भने सवारी साधनहरु पनि निर्वाध रुपमा चलेकाे प्रहरीले जनाएकाे छ ।

लामिछाने पक्षधर र पुडासैनीका पक्षधर दुबै पक्षले छुट्टा छुट्टै प्रर्दशन जारी राखेका छन । अहिले दुबै पक्षले फरक फरक ठाउँमा प्रदर्शन जारी राखे पछि एकआपसमा दोहोरो झडप हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएकाे जनाएकाे छ । जिल्लाभर ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे बताइएकाे छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि छाडेको भिडियो सन्देशमा आफूलाई मर्न बाध्य बनाउने व्यक्ति भनेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भन्ने रुक्कु कार्कीको नाम सार्वजनिक गरेपछि उनीहरू तीनैजनालाई प्रहरीले बिहीबारै काठमाडाैंबाट पक्राउ गरेर चितवन पुर्याएको थियाे । बिहीबार मध्यराति चितवन पुर्याइएका तीनै जनालाइ शुक्रबार जिल्ला अदालतमा पेश गरिएकाे थियाे । 

जिल्ला अदालतमा रविलाई थुन्ने वा नथुन्ने भन्ने विषयमा बहस भएको थियो । रविसहित तीन जनाका पक्षमा नेपाल बार एशोसियसनका पूर्व महासचिव सुनिल पोखरेलसहित तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसैगरी उनको विपक्ष तथा मुद्दाको वादी पक्षबाट सरकारी वकिलले बहस गरेका थिए ।

सो बहसमा सरकारी वकिलले रविसहित तीनै जनालाई कम्तिमा १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट बहस सुनेपछि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले प्रहरीलाई अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप गरेको छ ।

Loading...