टिशर्ट र जिन्ससँग समर्थकलाई हात हल्लाउँदै गएका रविलाई प्रहरीले हतकडी लगाएन (हेर्नुहोस भिडियो)

चितवन, ३१ साउन । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेलाई आज ठूलो सुरक्षा व्यवस्थाका बीच चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ नै प्रहरीले चितवन लगेको थियो । उनीहरुलाई चितवनमा पु¥याउँदा रातिको १ बजेको थियाे । दिउसो लग्दा उनका समर्थकहरुले अवरोध पु¥याउन सक्ने भन्दै प्रहरीले उनलाई राति राति चितवन पु¥याएको बताइएको छ । राति चितवन पु¥याइएका लामिछानेलाई आजै चितवन जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा उपस्थित गराएको हाे ।

सकियो प्रारम्भिक थुनछेक बहस

जिल्ला अदालतमा रविलाई थुन्ने वा नथुन्ने भन्ने विषयमा बहस भएको थियो । रविसहित तीन जनाका पक्षमा नेपाल बार एशोसियसनका पूर्व महासचिव सुनिल पोखरेलसहित तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसैगरी उनको विपक्ष तथा मुद्दाको वादी पक्षबाट सरकारी वकिलले बहस गरेका थिए ।

सो बहसमा सरकारी वकिलले रविसहित तीनै जनालाई कम्तिमा १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट बहस सुनेपछि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले प्रहरीलाई अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप गरेको छ ।

निलो टिसर्ट र जिन्स पाइन्टमा हात हल्लाउँदै देखिए रवि

शुक्रबार अदालतमा पेश गरिँदा रवि लामिछाने निलो टिसर्ट र जिन्स पाइन्टमा थिए । प्रहरीको घेरामा लगिएका रवि ढुक्क देखिन्थे । उनले आफ्ना समर्थकहरुलाई हात हल्लाएर अभिवादन पनि गरेका थिए । रविका पछि उनका सहकर्मी युवराज कँडेल र त्यसपछि नर्स रुकु कार्की अस्मितालाई लगिएको थियो । रविसहित तीनै जनालाई प्रहरीले हतकडी पनि लगाएको थिएन । मृतक पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक भएसँगै पत्रकार रवि लामिछानेले यो मुद्दामा आफू कुनै पनि मामिलामा नजोडिएको भन्दै यसमा छानविनका लागि प्रहरीलाई सहयोग गर्ने बताएका थिए । उनी पक्राउ परेपछि बिहीबार प्रशारण हुने सिधा कुरा जनतासँग कार्यक्रममा रविले सामाजिक सञ्जालमा लेखेकाे एक स्टाटस राखेर धुनमात्र बजाइएकाे थियाे । 

रविको चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँग अत्यधिक दर्शकले हेर्न कार्यक्रम हो । उनका देश र विदेशमा ठूलो समर्थक रहेका छन् । आज चितवनमा पनि बिहानैदेखि रविको पक्षमा नारावाजी लगाउँदै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन भएको थियो । साथै जिल्ला अदालतबाहिर पनि ठूलो संख्यामा समर्थकहरु उपस्थित थिए । उनीहरुले रवि लामिछाने जिन्दावाद, रवि कसको जनताको जस्ता नारा लगाएर उनलाई रिहाई गर्न जोडदार माग गरेका थिए ।

हेर्नुहाेस रवि लामिछानेकाे भिडियाे

Loading...