रविको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकको आक्रोशित नारावाजी (भिडियो)

चितवन, ३१ साउन । चर्चित पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा उनका समर्थकले नारावाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि नै आक्रोशित समर्थकहरुले नारावाजी गर्दै उनको रिहाईको माग गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्न ठूलो संख्यामा उनका समर्थकहरु जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘रवि कसको, जनताको’, ‘रवि भाइ हाई हाई’ जस्ता उत्तेजक नारा लगाएका छन् ।

प्रहरीले लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई काठमाडौंमा पक्राउ गरी चितवन पु¥याएको छ । उनीहरु तीनै जनालाई कडा सुरक्षाकाबीच मध्यरात १ बजे चीतवन पु¥याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले रविसहित तीनै जनालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु सुरु गर्ने जनाएका छन् ।

पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछाने सहित तीन जनाले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएपछि पक्राउ गरिएको हो ।

हेर्नुहाेस भिडियाे

Loading...