सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला

Image result for तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६

काठमाडौँ ३१ साउन् । तपाई गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईकालागि खुशीको खबर छ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ आयोजना गरिने भएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ५८ वटा बिधा रहनेछन् ।

जसमा सहभागिता जनाउन तपाईले कुनै झन्जट उठाउनुपर्ने छैन । देश विदेश जहाँबाट पनि सजिलै फारम भर्न सक्नुहुनेछ । फारम भर्न तपाईले ९८४९२८११८८ नम्बरमा सम्पर्क गरेर वा ओएस नेपालको कार्यालयमा आई फारम भर्न सक्नु हुनेछ ।

फारम भर्नु अघि यि शर्तहररूलाई भने मुख्य रूपमा पालना गर्नुपर्ने छ ।

अवार्डमा भागलिंदा २०७५ जेठ २१ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्ने छ । अवार्डमा सम्बन्धितको अन्तिम निर्णय निर्णायक मण्डलको हुनेछ । तामाङ्ग र सुनुवार भाषाका गीतहरू २०७४ जेठ १ गतेदेखि २०७६ साउन २५ गतेभित्र बजारमा आएका गीत, संगीत र भिडियो हुनुपर्ने छ ।गायक र गायिकाको हकमा म्यूजिक भिडियो नआए पनि अडियोको हकमा सहभागी हुन सक्ने छन् । ओएसनेपाल म्युजिक अवार्ड  २०७६ मा “हिमालयन फाउण्डेसन क्रप, न्यूयोर्क क्यालिफोनिर्या अमेरिका” तथा “गोल्डेन स्टेट मुभी मेकर, क्यालिफोनिर्या अमेरिका” ले प्रयाजोन गरेको छ ।

Loading...