विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्यो

 

Image result for करेला र फर्सीको मुन्टा

काठकाडौं ३१ साउन् । विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्योस्बरु मंहगो नै खानु परोस् तर विषादी हालेको खानु नपरोस अहिले पूर्वको बजारहरुमा चर्चामा रहेको उपभोक्ताहरुको आवाज हो यो।

भारतबाट आयात हुने तरकारीमा विषादीको भण्डार नै रहेको जानकारी सार्वजनिक भएपछि अहिले गाउँघरमा नै उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।पूर्वका बजारहरुमा यतिखेर मुलुककै ग्रामीण क्षेत्रमा उत्पादित तरकारीप्रति उपभोक्ताहरु लोभिएका छन् ।

बर्षातको समयमा तरकारी कम उत्पादन हुने हुँदा ग्रामीण क्षेत्रका वासिन्दालाई बजारको माग धान्न समस्या परिरहे पनि आफुहरुको उत्पादनले बजार पाएपछि उनीहरु भने हर्षित देखिएका छन् ।

यतिखेर गाउँघरमा पाइने काक्रा, अकबरे खुर्सानी, स्कुस, करेला र फर्सीको मुन्टाले बजार मनग्ये पाउँदा इलामका ग्रामीण क्षेत्रका किसानहरु भाग्य फेरिहएको महसुस गर्दै गर्दा झापाका उपभोक्ताहरु पनि पहाडी भेगमा पाइने तरकारीप्रति नै झुकाव बढाउन थालेका छन् ।

उपभोक्ताहरु आफ्नो भान्सामा विषको प्रवेश रोकिएको भन्दै हर्ष पनि व्यक्त गरिरहेका छन् । तर सरकारी तवरबाट स्थानीय कृषकलाई कुनै सहयोग नहुँदा किसानहरु भने बजारको मागलाई सदैव सम्बोधन गर्न नपाइने हो कि भन्दै पिरोलिएका छन् ।

Loading...