७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा

प्रहरी प्रधान कार्यालयले एकैपटक ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुको बिहीवार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उमेश लम्साल, कमलपोखरीमा भरतबहादुर विक,कालीमाटीमा रुगम कुवँर आएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा धर्मराज भण्डारी, टाँडी चितवनमा भावेश रिमाल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा नारायणप्रसाद चिमरिया, बझाङमा गणेश बम, रोल्पामा चित्रबहादुर गुरुङ, गोरखामा मित्रबन्धु शर्मा गएका छन्।

हेर्नुस सरुवा लिस्ट
dsp-janapad-transfer-2076-04-30

Loading...