यस्ता छन् सेक्स स्क्यान्डलमा विवादित भारतका बाबाहरु

भारतमा बाबा राम रहिम काण्डले ठूलाे तहल्का मच्चाएकाे छ । डेरा सच्चा साैदा समूहका प्रमुख रहेका राम रहिमलार्इ अहिले १० वर्षकाे जेल सजाय ताेकिएकाे छ । राम रहिमलार्इ पक्राउ गरिएपछि भएकाे झडपका क्रममा करिव तीन दर्जन मानिसकाे ज्यान समेत गएकाे छ ।

भारतमा यस्ता घटना पटक पटक दाेहाेरिने गरेका छन् । खासगरी यसरी याेगीकाे भेषमा बाबाजी बनेका थुप्रै बाबाहरुमाथि यस्तै अाराेप लाग्ने गरेकाे छ । राम रहिमभन्दा अगाडि पनि अरु थुप्रै बाबाजीहरुमाथि यस्ता अाराेप लागिसकेकाे छ ।

सन्त रामपाल

सन्त रामपालमाथि व्यक्ति हत्याकाे अाराेप लागेकाे थियाे । साथै उनीमाथि जमिन कब्जा गरेकाे अाराेप पनि लाग्याे । सन् २०१४ मा उनलार्इ गिरफ्तार गर्ने क्रममा उनका समर्थक र प्रहरीबीच ठूलाे झडप नै भएकाे थियाे । साे क्रममा ६ जना मानिसकाे ज्यान गएकाे थियाे । उनी सतलाेक अाश्रमका प्रमुख थिए । उनलार्इ गिरफ्तार गर्ने क्रममा उनकाे अाश्रममा हजाराै समर्थकहरुले घेरा हालेपछि केही दिन प्रहरी छिर्नै सकेन । जसमा सयाै महिला समर्थकहरु पनि थिए । उनका समर्थकहरु धारिलाे घरेलु हतियार बाेकेर उनलार्इ लुकाएर बसेका थिए । प्रहरीले लामाे प्रयासपछि अन्तत उनलार्इ गिरफ्तार गर्याे ।

उनले १७ वर्ष हरियाणामा सरकारी इन्जिनियरकाे जागिर गरेका थिए । इन्जिनियर पदबाट राजिनामा दिएर सन्त बनेका उनले हरियाणामा सतलाेक अाश्रमका साथै साे अाश्रममा एक अस्पतालसमेत सञ्चालन गरेका थिए । साे अस्पतालमा अवैध गर्भपतन सेवा सञ्चालन गरेकाे अाराेप उनीमाथि थियाे । उक्त अस्पतालबाट प्रहरीले केही हातहतियारका साथै बिक्रीवितरणमा राेक लगाइएका थुप्रै अाैषधी बरामद गरेकाे थियाे । उनमाथि कतिपय मानिसलार्इ बन्धक बनाएकाे तथा सरकारी कामकाजमा अवराेध सिर्जना गरेकाे अाराेप पनि लागेकाे थियाे । उनीमाथि लागेका अाराेपबारे अदालतमा मुद्दा चलेकाे थियाे तर उनी अदालतमा पटक पटक निर्देशन गर्दा पनि अनुपस्थित रहेपछि पक्राउ गर्न अादेश गरिएकाे थियाे । उनका हजाराै समर्थककाे विराेधका बाबजुत पक्राउ परेका उनी हाल देशद्राेहकाे मुद्दामा हिसारकाे कारागारमा सजाय भाेगिरहेका छन् । 

अासाराम बापु

सन् २०१३ मा अाशाराम बापुमाथि एक बालिकामाथि बलात्कार प्रयास गरेकाे अाराेप लाग्याे । एक १३ वर्षीय नाबालिकाका पिताले बापूले अाफ्नी छाेरीमाथि बलात्कार प्रयास गरेकाे अाराेप लगाएपछि उनका समर्थकले उनलार्इ ज्यान मार्ने धम्की दिए । त्यसपछि उनले अाफूलार्इ दिइएकाे धम्कीसहितकाे अडियाे रेकर्ड अदालतमा पेश गरेर मुद्दा समेत हाले । त्यसपछि उनलार्इ गिरफ्तार गरियाे र उनले गरेका धेरै अपराधहरु बाहिर अायाे । उनले केही किशाेरीका साथै थुप्रै युवतीहरुलार्इ बलात्कारपछि हत्या गरेकाे अाराेप लाग्याे । उनीसहित उनका छाेरा नारायण सार्इले समेत केही युवतीहरुलार्इ बापूकै अाश्रममा बलात्कार गरेकाे घटना बाहिर अायाे । पछि बापूका छाेरा पनि पक्राउ परे । उनीमाथि जमिन कब्जा गर्न बच्चाकाे हत्या गर्ने गरेकाे अाराेप पनि लागेकाे थियाे । अाशीर्वाद दिने बहानामा महिलालार्इ दुर्व्यवहार गर्ने तथा याैनशाेषण गर्ने गरेकाे अाराेप पनि उनीमाथि थियाे । उनी हाल जाेधपुर कारागारमा सजाय काटिरहेका छन् । 

स्वामी नित्यानन्द

स्वामी नित्यानन्द पनि यस्तै विवादमा परेका बाबा हुन् । भारतीय चलचित्रकी एक अभिनेत्रीसँगकाे सेक्स सम्बन्धकाे भिडियाे सीडी बाहिर अाएपछि उनी विवादमा अाए । त्यस्तै अरुकेही अभिनेत्रीसँग पनि उनकाे याैनसम्बन्ध रहेकाे चर्चा त्यतिबेला चलेकाे थियाे । पछि उनकाे अाश्रमबाट प्रहरीले ठूलाे सङ्ख्यामा कन्डम, गाँजासहित थुप्रै अापत्तीजनक सामानहरु बरामद गरेकाे थियाे । उनमाथि भारतमा अश्लिलता फैलाएकाे अाराेप पनि लागेकाे थियाे । गिरफ्तार गरी जेल पठाइएका उनी धराैटी राखेर रिहा भएका थिए । सार्वजनिक सम्पति अतिक्रमण गरेकाे भन्दै सर्वसाधारणले उनकाे सम्पतिमा ताेडफाेड पनि गरेका थिए । 

स्वामी भिमानन्द

उनी पनि सेक्स मामिलामा विवादमा अाएका स्वामी हुन् । उनीमाथि देहव्यापारकाे अाराेप लागेकाे थियाे । विशेष प्रवचन दिने नाममा युवतीहरुलार्इ अाश्रममा लिएर उनले अवैध सम्बन्ध राख्ने गरेकाे अाराेप पनि उनीमाथि लागेकाे थियाे । यस्तै विवादमा तानिएर उनलार्इ जेल सजाय दिइएकाे थियाे । उनी अाफूलार्इ इच्छाधारी सन्त भएकाे दावी गर्दथे । सर्प नचाउने कलामा उनी निकै पाेख्त थिए । उनले ६ सयभन्दा बढी याैन व्यवसायीलार्इ काममा लगाएकाे प्रहरीले दावी गरेकाे थियाे । बाबा बन्नुअघि भारतकाे एक पाँचतारे हाेटेलमा सुरक्षागार्डकाे जागिर गरिरहेका उनकाे वास्तविक नाम शिवमूरत द्वीवेदी हाे । 

स्वामी परमानन्द

स्वामी परमानन्द सबैभन्दा बढी महिलामाथि याैन शाेषण गर्ने बाबा पर्छन । उनीमाथि १०० भन्दा बढी महिलाकाे याैन शाेषण गरेकाे अाराेप लागेकाे थियाे । अाफ्नाे अाश्रममा अाउने शिष्यहरुलार्इ फसाएर उनले याैन शाेषण गर्ने गरेका थिए । उनीमाथि हत्याकाे पनि अाराेप लागेकाे थियाे । त्यस्तै लुटपाट र जालसाजीसहित ११ विभिन्न मुद्दामा उनी विवादित थिए ।

सुखविन्दर काैर राधे मां

उनीमाथि हत्या र अात्महत्याका लागि उक्साउने गरेकाे अाराेप लागेकाे थियाे । उनमाथि मानिसहरुलार्इ ठूलाे दाइजाे लिन उक्साउने गरेकाे पनि अाराेप लागेकाे थियाे । साथै भारतमा अश्लिलता फैलाउने गरेकाे अाराेप पनि उनीमाथि थियाे । उनले मानिसहरुलार्इ फाेन तथा म्यासेज गरेर भीड जम्मा पार्ने र त्यहाँ धार्मिक नाच लगाएर ठूलाे पैसा कमाउने गरेकी थिइन । उनले ठूला ठूला चर्चित राजनीतिक नेता तथा कलाकारहरुलार्इ पैसा दिएर अाफ्नाे अाश्रममा बाेलाउने र त्यसैलार्इ देखाएर अन्य सर्वसाधारणबाट पैसा असुल्ने गरेकी थिइन ।

 

Loading...