वडाअध्यक्षमाथि यसरी दलियो कार्यकक्षमै कालोमोसो, विप्लव खोज्दै प्रहरी

काठमाडौं, ३० साउन । म्याग्दीको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई अपरिचित समूहले कार्यालयमै कालाे मोसो र चप्पलको माला लगाइदिएको छ ।

कार्यालयमा काम गरिरहेकै अवस्थामा वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो । बिहीबार बिहान ११ बजे थापालाई कार्यालयमै आएका अपरिचित समूहले मोसो र माला लगाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको बताइएको छ । प्रहरीले कालाेमाेसाे दल्ने विप्लवका कार्यकर्ता भएकाे अाशंकामा खाेजी गरिरहेकाे स्थानीय बताउँछन् ।

Loading...