विश्वकप लिग-२ आज देखि, ओमान र पपुवा न्यु गिनी खेल्दै, नेपालको यस्तो छ छनौट हुने बाटो

सन् २०२३ को भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको रोड म्यापको रुपमा रहेको आइसीसी विश्वकप क्रिकेट लिग २ प्रतियोगिता बुधबार (अगस्ट १४) देखि सुरु हुँदैछ। त्रिकोणात्मक सिरिजको फर्म्याटमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा ओमान र पपुवा न्यु गिनी प्रतिस्पर्धा गर्दैछन्। स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक सिरिजको पहिलो खेल नेपाली समय दिउसो ३:४५ बजेबाट सुरु हुनेछ।

यस प्रतियोगितामा एकदिवसीय मान्यताको आधारमा सिधै छनोट पाएका नेपाल, स्कटल्याण्ड र संयुक्त अरब इमिरेट्सको साथै सन् २०१९ को विश्व क्रिकेट लिग डिभिजन २ का शीर्ष ४ टोलि नामिबिया, ओमान, पपुवा न्यु गिनी र अमेरिका गरि ७ टिमले प्रतिस्पर्धा गर्नेछन्।

हरेक टिमले ३ वटा घरेलु त्रिकोणात्मक सिरिज आयोजना गर्नेछन् भने ५ वटा सिरिज अन्य टिमको घरेलु मैदानमा खेल्नेछन्। ७ राष्ट्रले बिश्वकप २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ। सम्पूर्ण खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाउनेछ।

प्रतियोगिताको समाप्तीमा अंकतालिकामा शीर्ष ३ टिम २०२२ मा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा सहभागी हुनेछन्।

डबल राउण्ड रोबिनमा हुने पहिलो त्रिकोणात्मक सिरिजको खेल तालिका अन्तर्गत अगस्ट १४ र २१ मा ओमान र पपुवा न्यु गिनी, १५ अगस्ट र १८ अगस्टमा स्कटल्याण्ड र ओमान तथा १७ र २० अगस्टमा स्कटल्याण्ड र पपुवा न्यु गिनीले एकअर्काको सामना गर्दैछन्।

यस्तो छ नेपालको खेलतालिका, यसरी छनौट हुनसक्छ नेपाल एकदिवसीय विश्वकप

नेपालले सन् २०२ ०को फेब्रुअरी ५ देखि १२ तारिखसम्म ओमान र अमेरिकासँगको सिरिज आयोजना गर्दैछ। त्यस्तै फेब्रुअरी २०२१ मा पपुवा न्यु गिनी र संयुक्त अरब इमिरेट्स तथा नोभेम्बर २०२१ मा नै नामिबिया र स्कटल्याण्डसँगको सिरिज आयोजना गर्दैछ।

त्यस्तै सन् २०२० को अप्रिलमा नामिबिया, जुनमा पपुवा न्यु गिनी र स्कटल्याण्ड, सन् २०२१ को जनवरीमा ओमान, अगस्टमा अमेरिका र सन् २०२२ को जनवरीमा युएईको भ्रमण गर्दैछ।

यस्तो छ २०२३ बिश्वकप छनौट हुने बाटो 

७ राष्ट्र सम्मेलित आईसीसी विश्व कप लिग-२ प्रतियोगिता जुलाई २०१९ देखि २०२१ सम्म संचालन हुनेछ। प्रतियोगितामा एउटा टिमले कुल ३६ खेल खेल्नेछ भने कुल १२६ खेल हुनेछ। ७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। तल्लो स्थानमा रहे ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट २ भए बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

२०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ।

१२ टेस्ट राष्ट्र सहित नेदरल्याण्डले सन् २०२० देखि २०२२ को बीचमा एक अर्का बीच कुल १५६ वटा खेल खेल्नेछन्। आईसीसी पुरुष विश्वकप सुपर लिग नामकरण गरिएको प्रतियोगिताबाट उत्कृस्ट ८ टिम सिधै २०२३ को एकदिवसीय बिश्वकप खेल्न छनौट हुनेछ।

नेपालले पहिलो त्रिकोणात्मक सिरिज घरेलु मैदानमा

बिश्वकप सुपर लिगबाट सिधै छनौट हुन असफल ५ टिमले २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्नेछ। २०२२ विश्वकप छनौटमा नेपाल सहभागी आईसीसी बिश्व कप लिग-२ बाट आएका ३ टिम तथा बिश्वकप छनौट प्लेअफबाट आएका २ टिम समेत गरि कुल १० टिम खेल्नेछन्। जसबाट उत्कृस्ट २ टिमले २०२३ को पुरुष एकदिवसीय विश्वकप खेल्नेछ।

मिति – टिमहरु – आयोजक राष्ट्र 

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्कटल्याण्ड )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( ओमान )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी (नेपाल )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( अमेरिका )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नेपाल )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( युएई )

नेपाल छनौट होला त २०२३ एकदिवसीय विश्वकप ?

Loading...