”बिए’ लाई ४ वर्षे बनाउने निर्णय

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कोर्षलाई पनि चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

तीनवर्षे कोर्षलाई परिमार्जन गर्दै चारवर्षे बनाउने निर्णय गरिएको हो । त्यसका लागि पाठ्यक्रम बनाइसकिएको र आवस्यक सबै तयारी पूरा भएको त्रिविको भनाइ छ ।

बोर्ड बैठकले अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष बनाउन चारवर्षे पाठ्यक्रम बनाएको बताइएको छ । यो निर्णय संगै अब बीएमा दुई हजार पूर्णाङ्क हुने छ । यसअघि एक हजार पाँच सय पूर्णाङ्कको परीक्षा हुँदै आएको थियो ।

त्रिविमा स्नातक तहका अन्य सबै सङ्कायका कोर्ष चारवर्षे भइसकेका छन् ।

ब्याचलर इन आर्ट्स (बिए) मा ३१ विषय अध्यापन गरिँदै आएको छ । ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक मूल्याङ्कन हुने जनाइएको छ ।

Loading...