कृषिप्रधान देश बनाउन नसकेपनि आफूहरुले कृषि प्रधान प्रदेश बनाएरै छाड्ने मन्त्री साहको दावी

सर्लाही, २८ साउन । प्रदेश नम्बर दुईका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले किसान समृद्ध नभए सम्म प्रदेशमा समृद्ध नहुने बताएका छन् ।

सर्लाहीको लालबन्दी- १नवलपुरमा नेपाल मौरी पालक महासंघ प्रदेश नम्वर दुईका नव निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई मंगलबार संबोधन मंत्री साहले किसानको सम्बृद्धिमा जोड दिए ।

किसान सम्बृद्ध बन्न को लागि अब कृषिमा नयाँ प्रबिधी ,प्राबिधिक ,पुँजी र बजारीकरणलाई ब्यबसायिक रुपमा अघि बढाउन सक्नुपर्नेमा बताउदै यस अघि संघिय सरकारले केहि नगरेकोले किसानको अवस्था माथि उठ्न नसकेको आरोप लगाए ।

अहिले प्रदेश दुई सरकारले कृषिलाई बजेटमा पहिलो प्राथमिकतामा राखी मुख्यमन्त्री कृषि कार्यक्रम नीतिगत रुपमा अघि सारी सकेकोले प्रदेश दुईले छिटै नै कृषिमा क्रान्ती ल्याउने र कृषि प्रधान प्रदेश भएर छाड्ने उनले ठोकुवा समेत गरे ।

त्यसका लागि ‘खेत खेतमा पानी- हात हातमा रोजगारी’ भन्ने मुल नाराका साथ कार्यक्रमलाई अघि बढाईएको र प्रत्येक जिल्लामा दुई दुई वटा सिड भण्डारण घर ,सिचाईका लागि सिचाई आयोजना र प्रदेश सरकार बाट डिप बोरिङ्ग का साथै ५ हजार को संख्यामा स्यालो डिप बोरिङ्गको ब्यबस्था गरि सकेको उनले जानकारी गराए ।

कार्यक्रममा उनले प्रदेश दुई को उपयुक्त स्थानमा मह सकंलन केन्द्र र भण्डारण घर निर्माण को लागि समेत आफू र प्रदेश सरकारबाट सहयोग रहने प्रतिबद्दता प्रकट गरेका थिए ।

महासंघका केन्द्रिय अध्यक्ष शिव प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती ,संचमाया मोक्तान, महोत्तरी जिल्ला कि प्रदेश सभा सदस्य शारदा थापा ,रौटहट चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खडका, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईं, लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामा ,किशान नेता राजकुमार उप्रेती, लगायतले मौरी पालन र मौरी ब्यबासायको बारेमा आ आफ्नो धारणा राखेका थिए ।

माहसंघका केन्द्रिय सदस्य दुर्गा बाहादुर खडकाको स्वागत रहेको कार्यक्रममा पूर्व महासचिब हेमराज देबकोटाले मौरी पालन ब्यबसायका समस्या, चुनौती र अबसरका बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

Loading...