अमेरिकी दुतावासले सन्दिपलाई फेरि बोलाएर दियो भिसा

काठमाडौं, २८ साउन । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । क्यारेबियन लिगमा खेल्नका लागि अमेरिका जान लागेका सन्दिपलाई यसअघि अमेरिकी दुतावासले भिसा दिन इन्कार गरेको थियो । मंगलबार बिहान मात्र दुतावासले भिसा दिन इन्कार गरेपछि सन्दिपले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असहमति व्यक्त गरेका थिए ।

तर, दुतावासले भिसा अस्वीकार गरेको तीन घन्टामै फेरि बोलाएर भिसा प्रदान गरेको हो । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट गरेपछि लगत्तै ‘रिभ्यू’ गर्न भन्दै दूतावासले बोलाएर भिसा दिएको हो ।

क्यारेबियन लिगका खेलहरु लामो चरणमा हुने र त्यसक्रममा अमेरिका समेत जानुपर्ने भएकाले अमेरिकी भिसा लिन खोजेको सन्दिपका व्यवस्थापकले बताएका थिए ।

 

याे पनि हेर्नुहाेस

चर्चित क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नै दिएन

 

 

Loading...