शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपत्यकास्तरिय संयुक्त जिल्ला परिषद्मा बोल्दै मन्त्री पोखरेलले अबको केही समयमै नयाँ शिक्षा नीति आउने खुलासा गरे ।

मन्त्रिपरिषदको सामाजिक विषय समितिमा ३९ दिन छलफल भई नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पुगेको र त्यो केही समयमै आउने उनले स्पष्ट पारे ।

उच्चस्तरीय शिक्षा आयोगको सुझाव समेटिएको ५९ पृष्ठको नीतिले शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्ने उनको भनाइ थियो । नीतिले नयाँ समाजवादी शिक्षाको मोडल स्पष्ट पार्दै शिक्षालाई बैज्ञानिक, सीपयुक्त र जीवनोपयोगी बनाउने मन्त्री पोखरेलले बताए ।

मुलुकमा सिकाइ केन्द्रित क्रान्तिको आवश्यकता रहेको औंल्याउँदै मनत्री पोखरेलले विद्यालयस्तरबाटै विज्ञान प्रविधि पढ्न प्ररित गर्नुपर्ने बताए ।

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकोमा जोड दिँदै उनले सिकाइ केन्द्रित शैक्षिक क्रान्तिगरी शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए ।

विद्यालयले अंग्रेजी माध्यम लागु गर्ने नाममा नेपाली भाषा कमजोर बनाउन नहुँने स्पष्ट पार्दै अबको केही वर्षमा सामुदायिक विद्यालयमा पढ्न पठाउँ पठाउँ लाग्ने अवस्था बनाइने स्पष्ट पारे ।

Loading...