को हुन ‘Man vs Wild’ का बेयर ग्रिल्स, हेर्नुहोस् हैरान बनाउने उनको जीवन

२६ साउन, एजेन्सी । बेयर ग्रिल्स, एक यस्तो मान्छे हो जसले किराफट्यांग्रा, सर्प, बिच्छी, थाहा छैन के–के खान्छ । ऊ घना जंगलमा कुनैपनि हालतमा मौसमको हरेक मार सहँदै जिउँने गर्छ । यो नैे बेयर ग्रिल्सको परिचय हो जुन पुरा दुनियाभार चर्चित छ ।

डिस्कोभरी च्यानलको सबै भन्दा चर्चित कार्यक्रम ‘Man vs Wild’ का बेयर ग्रिल्सको प्रसिद्धिको अनुमान यो कुराले पनि लगाउन सकिन्छ कि उनको कार्यक्रमको हिस्सा अमेरिकी राष्ट्रपति बाराक ओवामादेखि लिएर चर्चित हलिवुड स्टारहरु रहिसकेका छन् । अब यस कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी समेत आउनेवाला छन् । यो कार्यक्रम १२ अगस्त यानकी भोलि सोमवार राती सवा ९ बजे प्रशारण हुँदैछ ।

आउनुहोस् चारैतिर चर्चाको विषय बनेका ग्रिल्सको जीवनबारे केही जानौं ।

बेलायतको लण्डनमा ७ जून १९७४ मा जन्मिएका बेयर ग्रिल्सको असली नाम एडवार्ड माइकल ग्रिल्स (Edward Michael Grylls ) हो । उनको पारिवारिक पृष्ठभूमि एकदमै मजवुत छ । उनका हजुरबुवा नेविल फोर्ड तथा जिजुहजुरबुवा विलियम अ‘गस्टस फोर्ड दुवै शानदार क्रिकेटर थिए । उनका पिता सर माइकल ग्रिल्स कन्जरवेभिव पार्टीका राजनीतिज्ञ थिए ।

बेयरकी ठूली दिदी लारा फासेट एक कार्डियो टेनिस कोच छिन् । उनकी दिदीले नै उनको जन्म भएको एक हप्तापछि उनको निकनेम बेयर राखिदिएकी थिइन् ।

बेयर ग्रिल्सलाई अंग्रेजी, स्पेनिश, फ्रेन्च, अमेरिकन भाषाहरुको राम्रो ज्ञान छ । बेयर ग्रिल्स स्काइ ड्राइभिङ तथा कराटेमा ब्ल्याक बेल्ट हुन् ।

बेयरले ई–टोन कलेज सहित ब्रिकबेक यूर्निभर्सिटी अफ लण्डनबाट आफ्नो पढाइ पूूूरा गरेका छन् । बेयर ग्रिल्स ईसाई धर्मावलम्वी हुन् । उनले सारा ग्रिलसँग सन् २००० मा विवाह गरेका हुन् । उनको तीन छोराछोरी रहेका छन् । उनले तीनवर्षसम्म बेलायती आर्मीमा पनि काम गरेका थिए । सन् २००४ मा उनललाई रोयल नेवी रिजर्व मा lieutenant commander को पदबाट सम्मानित गरिएको थियो ।

बेयर ग्रिल्सले १९९८ मा २३ वर्षमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने आफ्नो सपना पुरा गरेका थिए । यसको १८ वर्षपछि प्यारासुट ल्याइडिङको दौरान उनको रिडको हड्डी भाँचिएको थियो ।

एउटा रिपोर्टका अनुसार सो दुर्घटनापछि उनको स्वास्थ्य स्थिति यति कमजोर बनेको थियो कि पुनः पहिले जस्तै ठीक हुन असम्भव जस्तै थियो । तर, बेयर ग्रिल्सले हरेक समस्याहरुलाई पछि छाड्दै आफूलाई पूर्णरुपमा फिट गर्न सफल भए ।

बेयर ग्रिल्सले सन् २००४ मा पाँच साथीहरुको समूहमा उत्तर एटलान्टिक ओशियन क्रास गरेका थिए । यस बाहेक उनले ७ हजार ६०० मिटरको हाइटमा एयर बेलुनमा मा डिनरको रेकर्ड बनाएका थिए । उनको जीवनमा यस्ता साहसिक कैयौं रेकर्डहरु दर्ज छन् ।

बेयर ग्रिल्सले, Facing Up (UK)/The Kid Who Climbed Everest (US) जस्ता पुस्तक लेखेका छन् । यि बाहेक पनि उनका कैयों किताबहरु प्रकाशित भएका छन् । जसमा Facing the Frozen Ocean, Born Survivor: Bear Grylls, Bear Grylls Outdoor Adventures प्रमुख रहेका छन् ।

सन् २०१२ मा बेयर ग्रिल्सले Mud, Sweat and Tears: The Autobiography नामको आत्मकथा लेखेका थिए ।

बेयर ग्रिल्सको बारेमा भनिन्छ कि उनी आफ्ना परिवारसँग धेरै नजिक छन् । गहिरोसँग जोडिएका छन् । उनी जब कुनै शाहसिक ट्रिपमा निस्कन्छन् उनी परिवारको फोटो साथमै लिएर निस्कन्छन् । २००९ मा उनी मात्र ३५ वर्षकै उमेरमा युवा चिफ स्काउटको रुपमा नियुक्त भएका थिए ।

बेयर ग्रिल्सले अहिलेसम्म कैयौं टेलिभिजन शो मा काम गरेका छन् । यसमा सन् २००५ मा आएको Escape to the Legion, मेन वर्सेज वाइल्ड, २०१० मा वर्सट केस सिनेरियो, २०११ मा बेयर वाइल्ड वीकेन्ड,२०१३ मा गेट आउट अलाइभ, एस्केप फ्राम हेल, द आइसलैंड, रनिङ वाइल्ड विथ बेयर ग्रिल्स, मिशन सर्भाइवर, बेयर ग्रिल्स सर्भाइवल स्कूल, सर्भाइवर गेम्स को नाम शामिल छ । बेयर ग्रिल्स यसका अलावा मोटिभेशनल स्पीकर पनि हुन् । उनी स्कूल, चर्च समेत कैयौं संस्थाहरुमा स्पीच दिने गर्छन् ।

बेयर ग्रिल्सको लोप्रियताको अन्दाज यसरीपनि लगाउन सकिन्छ उनको कार्यक्रम विश्वमै धेरै हेरिने कार्यक्रम मध्येको एक हो । उनको कार्यक्रमको हिस्सा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा रहिसकेका छन् ।

बेयर ग्रिल्सको कार्यक्रममा ओबामाले क्लाइमेट चेन्ज, वन्य जीवजन्तु जस्ता अहम मुद्दामा चर्चा गरेका थिए । यसको अलावा टेनिस खेलाडी रोजर फेडरर, बक्सर खेलाडी एन्थोनी जशुआ समेत हलीवुडका पनि कैयौं ठूला कलाकार एवं टेलिभिजन प्रस्तोता उनको कार्यक्रमको हिस्सा बनिसकेका छन् ।

बेयर ग्रिल्ससँग जोडिएका २० रोचक जानकारी

१. बेयर ग्रिल्स को असली नाम एडवर्ड माइकल ग्रिल्स हो । बेयर नाम बाल्यकालमा उनकी दिदीले राखिदिएकी थिइन् ।

२. बेयर ग्रिल्स बेलायतमा सन् २००६ देखि २०११ सम्म चलेको टिभि कार्यक्रम  Man vs Wild को कारण चर्चित भएका थिए ।

३. Man vs Wild कार्यक्रमको असली नाम बोर्न सर्भाइवर : बेयर ग्रिल्स थियो ।

४. ४ वर्षको उमेरसम्म बेयर ग्रिल्सको पालन–पोषण उत्तरी आयरल्याण्डमा भएको थियो ।

५. बेयर ग्रिल्स कराटेमा ब्ल्याकबेल्ट पाइसकेका छन् ।

६. बेयर ग्रिल्स ईसाई धर्म मान्छन् । साथै उनको भगवानमा पुरा विश्वास देखिन्छ ।

७. स्कूल पूरा भएपछि बेयर ग्रिल्स, इन्डियन आमीमा भर्ति हुन चाहन्थे ।

८. बेयर ग्रिल्सका तीन बच्चा छन् ।

९. बेयरले ब्रिटिश स्पेशल एयर सर्भिस मा तीन वर्ष सेवा गरेका छन् ।

१०. १९९८ मा, जब उनी केवल २३ वर्षका थिए उनको रिढको ३ ठाउँमा हड्डी भाचिएको थियो । त्यसको वावजुद पनि उनले कम उमेरमै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

११. सगरमाथा चढ्नभन्दा १ वर्ष अगाडि उचाइबाट हाम फाल्दा उनको पयारासुटमा प्वाल परी ढाँडको बलमा खस्न पुगेका थिए । जसले गर्दा उनको रिढको हड्डी ३ ठाउामा भाचिएको थियो ।

१२. बेयर ग्रिल्स स्ता धेरै ठाउँहरुमा गएका छन् जहाँ उनीभन्दा पहिले कोही मानिस गएका थिएनन् ।

१३. बेयर ग्रिल्स अफ्नो घरमा बस्दा गिटार तथा पियानो बजाउन मन पराउँछन् ।

१४. बेयर ग्रिल्सले सन् २००२ मा लण्डन विश्वविद्यालयबाट हिस्पैनिक स्टडीज मा डिग्री प्राप्त गरेका छन् ।

१५. बेयर ग्रिल्सले ७ हजार ६०० मिटरको ऊचाइमा Hot-air balllon मा बसेर खाना खाएर विश्व रेकर्ड बनाएका छन् ।

१६. पछिल्लो वर्ष उनको जीवनीको किताबलाई चाइनामा प्रभावशाली किताबको रुपमा सबैभन्दा धेरै भोट मिलेको थियो ।

१७. उनी जहिल्यै आफ्नो परिबारको फोटो बोकेर हिड्छन् ।

१८. बेयर ग्रिल्स कार्यक्रम सकेर घरमा जानसाथ पेटका किरामार्ने औषधि खाने गर्छन् ।

१९. बेयर ग्रिल्स, आफ्नै पिसाव देखि लिएर कार्यक्रममा मरेका जनावरका मुटु खाइसकेका छन् ।

२०. बेयर ग्रिल्सले आजसम्म सबैभन्दा खबराव चिजको रुपमा किरा, फट्याङ्ग्रा, सर्प, बिच्छीका अलावा बोकाको काँचो अण्डकोषसमेत खाएका छन् ।

Loading...