काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, गोली लागेर एक घाइते

काठमाडाैं, २३ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो।

अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीकाे गोली लागेर लोप्साङ लामा भन्ने मिलन तामाङ घाइते भएका छन् । अपराध महाशाखाका एसपी केदार ढकालले तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेका कारण गोली प्रहार गर्नु परेको जानकारी दिए ।

एसपी ढकालले महाशाखाको टोलीले चलाएको गोली उनको घुँडामुनि लागेको जानकारी दिए । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

एसपी ढकालका अनुसार मिलनले रामेछापको लिखु तामाकाेशी गाउँपालिकाका अध्यक्षलाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाइ नियन्त्रणमा लिएको छ।

मिलन र अमृत लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको एसपी ढकालले बताए। महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

स्वयम्भू विजेश्वरीस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा बसिरहेका लामालाई पक्राउ गर्न प्रहरी पुगेको थियो । प्रहरी देखिएपछि उनी प्रहरीमाथि नै अाक्रमण गर्न पुगेकाे प्रहरीले दावी गरेकाे छ । उनी प्रहरीमाथि नै अाक्रमणमा उत्रिएपछि गोली चलाउनु परेकाे एसपी ढकालले बताए । उनीहरूले विभिन्न व्यक्तिसँग दुई करोड रुपैयाँसम्म फिरौती मागेको महाशाखामा उजुरी परेको थियाे । सोही उजुरीका आधारमा प्रहरीले उनीहरुलाइ खाेजि गर्दै अाएकाे थियाे । 

Loading...