नेपाली सेनाको मुख्यालय र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै बम भेटियो

काठमाडौं, २२ साउन । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै वम फेला परेको छ । सिंहदरवार नजिकै माइतीघरमा आज बिहानै बम फेला परेको हो ।

माइतीघर नजिक रहेको सेन्ट जेभियर्स कलेज अगाडि बुधबार बिहानै एउटा सकेट बम फेला परेपछि यस क्षेत्रको आवागमन केहीबेर रोकिएको थियो । बम भेटिएको नजिकै नेपाली सेनाको मुख्यालय पनि रहेको छ । बम भेटिएर हल्लाखल्ला भएपछि प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । सेनाको टोलीले उक्त बमलाई केहीबेरमै निष्क्रिय पारेको थियो ।

प्रहरीले बम कसले राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको जनाएको छ । अहिलेसम्म कुनै कुरा नखुलेको पनि प्रहरीले जानकारी दिएको छ ।

Loading...