कुलमान भन्छन, अबको डेढ वर्षमा जुम्लामा प्रसारण लाइन पुग्छ

काठमाडौँ, २१ साउन । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताएका छन् ।

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आज प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र प्राधिकरणले विद्युत्् बिक्रीका लागि प्रयास गरेको बताएका थिए । जुम्लामा वितरण तथा ग्राहक सेवा केन्द्र खोल्ने निर्णय भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले सुर्खेतबाट ८१ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताए ।

ठेकेदारले सर्वेक्षण अन्तिम चरणमा पु¥याएको र आगामी डेढ वर्षभित्र राष्ट्रिय ग्रीड पु¥याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । उनले राष्ट्रिय ग्रीड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत्् आपूर्ति गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत् स्थानीय उपभोक्ता समितिले भाडामा लिएर चलाएको बताए ।

“लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ”, घिसिङले भने ।

दुई वडाबीच टुट्यो सम्पर्क

यसैबीच जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने पुल तिला नदीको बाढीले बगाएपछि यहाँका वडावासीबीच सम्पर्क टुटेको छ । अविरल वर्षाका कारण तिला नदीमा पानीको बहाव बढ्दै गएपछि पुल नदीले बगाएको हो ।

एक दशक पहिले काठले निर्माण गरिएको पुल जीर्ण बन्दै गएको थियो । पानीले पुल भत्काएपछि वडा नम्बर ४ र ५ का नागरिकबीच सम्पर्क टुटेको हो । पुल भत्किएपछि वडा नम्बर ४ मा अध्ययन गर्ने विद्यार्थी र काम विशेषले वारपार गर्ने नागरिकलाई समस्या भएको स्थानीय प्रेमराज पाण्डेले बताए । प्रमुख जिल्ला अधिकार दुर्गा बञ्जाडेले पुल भत्किएको क्षेत्रमा नागरिकको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

उनले स्थलगत अवलोकनपछि वैकल्पिक उपायको खोजी गरेर समस्या समाधानको पहल गरिने बताए । वडा नम्बर ४ का अध्यक्ष धीरज जैशीका अनुसार एक्कासि आएको पानीका कारण सम्पर्क नै टुटेकाले वैकल्पिक उपाय खोजिने बताए । मौसम पूर्वानुमान महाशाखाले पनि जुम्लामा वर्षाको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Loading...