काठमाडौंको गौशालाबाट विप्लवका केन्द्रीय सदस्यसहित तीन नेता गिरफ्तार

काठमाडौं, २१ साउन । राजधानीको गौशाला नजिक बत्तीसपुतलीबाट विद्रोही नेपाल कम्युनिस्ट पार्टीका एक केन्द्रीय सदस्यसहित तीन नेता कार्यकर्ता गिरफ्तार परेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य मकर गुरुङसहित तीन जनालाई सोमवार बिहानै पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा नेकपाका केन्द्रीय सदस्य मकर गुरुङ, डम्बरबहादुर गुरुङ र कार्यकर्ता उमा गुरुङ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको बत्तीसपुतलीमा एकै ठाउँबाट पक्राउ गरेको बुझिएको छ ।

Loading...