लागु औषध ओसारपसारका अनेक काइदा, यसरी पक्राउ परे महन्थ

पर्सा, २० साउन । पर्सामा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार गौनाहा भितिअर्वाको पञ्चायत वडा नं.५ बस्ने २० वर्षीय महन्थ राम रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोक स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल हिडिँ आउँदै गरेका रामलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट लागूऔषध ईन्जेक्सन नुर्फिम १ सय पिस, फेनार्गन १ सय पिस र डाईजेल्याब १ सय पिस फेला परेको प्रहरीले जानकारी दिएको छ । लागूऔषध फेला परेपछि नीजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

गाँजा ओसार्न अटो प्रयोग

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा इन्स्पेक्टर पवन कुमार झा समेत खटिएको टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९ सय ग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरको हो ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट बस्ने १९ वर्षीय मुन्ना अंसारी, सोहि स्थानका २४ वर्षीय राजेश पटेल, मकवानपुरको मनहरी वडा नम्बर ८ देउकोट बस्ने अटो चालक १९ वर्षीय जीवन मुक्तान रहेका छन् ।

प्लाष्टिकमा प्याक गरिएको गाँजालाई अटोमा फल्स बटम बनाई राखिएको थियो भने यात्रु बस्ने सिटमा पनि गाँजा राखेर ल्याउँदै गरिएको प्रहरीले जनाएके छ ।

लागुऔषधको ट्रान्जिट पोइन्ट बनेकोे मकवानपुरमा लागूऔषध ओसारपसारका लागि अटोलाई प्रयोग गरिएके यो पहिलो घटना भएको बताउँदै पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

Loading...