चार किलो सुनसहित चिनियाँ पक्राउ

काठमाडौँ, २० साउन । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई पक्राउ गरिएको जानकारी दिए ।

उनको साथबाट बिस्कुट आकारको चार हजार ग्राम सुन बरामद गरेको कार्यालयका प्रमुख क्षेत्रीले बताए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...