क्रिकेट छाडेर काश्मिरमा सेनाका साथमा भलिवल खेल्न थालेका धोनीको भिडियो भयो भाइरल

श्रीनगर । भारतीय सैनिक फौजसँगै कश्मीर पुगेका भारतीय क्रिकेट टीम कप्तान महेन्द्र सिंह धोनीबारे धेरैको चासो बढेको छ ।

हालै उनी सैनिकहरुसँग भलिबल खेलिरहेको एउटा भिडियो भाइरल नै बनेको छ । भारत सरकारले पर्यटक र तिर्थालुहरुलाई तत्काल कश्मीर छाड्न निर्देशन दिएको केही घण्टामै धोनीको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको हो ।

धोनी कश्मीरमा सैनिकहरुसँग परेड खेल्ने, गस्ती गर्ने जस्ता काममा संलग्न हुने भनिएको थियो । यससँगै भारतीय पक्षबाट सामाजिक सञ्जालमा धोनीको उक्त भिडियोमाथि मिश्रित किसिमका टिप्पणी आएका छन् । सीमा सुरक्षा गर्न गएका धोनी खेलेर बसेको भन्दै नकारात्मक टिप्पणी पनि उनले झेल्नुपरेको छ ।

मानार्थ कर्नेल समेत रहेका धोनी गत हप्ता नै कश्मीर क्षेत्रमा पुगेका हुन् । सैन्य तालिमको शिलशिलामा कश्मीर क्षेत्र पनि एक भएकाले धोनी यहाँ पुगेका हुन् । भारतले १० हजार सेना कश्मीरमा पठाइसकेको छ ।

Loading...