न्यून चापीय रेखा नेपालतर्फ सर्न थालेपछि मौसम महाशाखाले जारी गर्‍यो २४ घण्टे चेतावनी

काठमाडौं, १७ साउन। मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ।

महाशाखाले भनेको छ– देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा राति चाहिँ पश्चिमी पहाडका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

उनका अनुसार हाल नेपालभन्दा दक्षिण रहेको मनसुन न्यून चापीय रेखा बिस्तारै उत्तरतर्फ सरिरहेको छ। यो रेखा नेपालनजिक आइपुगेपछि वर्षाको मात्रा बढ्ने मौसमविद् प्रधानांगले बताए। ‘तर त्यो नेपाल आइपुग्न केही समय लाग्छ,’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसमी विवरण यस्तो छ :

मौसम विश्लेषण

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिन्छ |

देशभर समग्र मौसमको अवस्था

हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ, साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ। मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण १७ गते शुक्रबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

श्रावण १८ गते शनिबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

श्रावण १९ गते आइतबार

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

Loading...