छवि र शिल्पाको विवाह दर्ता गराउने सचिवको रहस्यमय मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधन भएको छ । पौडेलले फिल्म निर्माता छविराज ओझा र शिल्पा पोखरेलको विवाह दर्ता गराएका थिए । केही दिनअघि छविकी पहिलो श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको आरोपमा वडा सचिव पौडेलविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएकी थिइन् ।

स्रोतका अनुसार आफूविरुद्ध निवेदन परेपछि उनी केही दिनदेखि तनाबमा थिए । पहिलाको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ या छैन भन्ने कुरा नबुझी विवाह दर्ता गराएर अख्तियारीको दुरुपयोग गरेको आरोप उनीमाथि थियो ।

छवि र शिल्पाविरुद्ध प्रहरीले प्रकाउ पूर्जी जारी गरेको अवस्थामा वडा सचिवको मृत्युलाई रहस्यमयी ढंगले हेरिएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष दिनेशकुमार डंगोल भने घटना कसरी घट्यो भन्ने आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।

पारिवाlरक स्रोतका अनुसार आइतबार बिहान ३ बजे उनको निधन भएको थियो । उनको मंगलबार पशुपति आर्यघाटमा दाह–संस्कार गरिएको छ । तर, मृत्युको कारण भने हालसम्म खुलेको छैन ।

५० वर्षीया पौडेल परिवारसहित लैनचौरमा बस्दै आएका थिए । उनका श्रीमती, १ छोरा र १ छोरी थिए । छोरा अष्ट्रेलियामा बस्दै आएका थिए भने छोरी पनि केही समयपछि उतै जाने तयारीमा थिइन् ।

Loading...