लालसलामकी नायिका नाँचेको तीजगीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १४ श्रावण । जनयुद्धमा आधारित चलचित्र लालसलामकी नायिका प्रेमा गैरे नाचेको तीज गीत भिडियो सार्वजनिक भएको छ । बनाऔं नयाँ जीवन संस्कृति बोलको तीजगीत भिडियो ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक भएको हो । यसगीतमा प्रेमासंगै रिचा बुढाथोकी र अंजु बस्नेत सहितका कलाकारहरुहरुले नृत्य गरेका छन् ।

नेपाल पत्रकार महासंघ, दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकी शब्द र निर्देशन रहेको यस गीतका संगीतकार संतोष श्रेष्ठ र संगीत संयोजक झलक संगीतम हुन् भने स्वर भूमिका अविरलको रहेको छ । मोडल एवं नृत्य प्रशिक्षक रिचा बुढाथोकीको कोरियोग्राफी रहेको यस गीतको छायाँकन कृष्ण जीएम र सम्पादन मेक ब. थापाले गरेका हुन् ।

पहल नेपालको प्रस्तुती रहेको यस गीतले स्वस्थ मनोरञ्जनका मानवता, सदभाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । पीपल चौतारामा खिचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मोहक बनाएको छ ।

हेर्नुहोस प्रेमाले छमछमी नाचेको भिडियो

 

Loading...