छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी, दुबैलाइ खोज्दै प्रहरी

काठमाडाैं, ८ साउन । बहुविवाह मुद्दामा चलचित्र निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडाैंले उनीहरुलाइ खाेजि गरिरहेकाे जनाएकाे छ ।

ओझाकी पहिलाे श्रीमती हेमा ओझाले उनीहरु दुबै जना विरुद्ध केही दिन अघि बहुविवाह मुद्दा दायर गरेकी थिइन । मुद्दा दायर भएपछि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

महानगरीय प‍्रहरी परिसर काठमाडौं प्रवक्ता डीएसपी होविन्द्र बोगटीले छवि र शिल्पालाइ पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडाैंले अनुमति दिएकाे बताए । उनले भने, ‘उनीहरु विरुद्ध हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ । अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’

Loading...