पत्रकार महासंघ जापान अधिवेशनको तयारीमा, सदस्यता आवेदन खुल्ला

टोकियो । पत्रकार महासंघ जापान शाखाको चौथो अधिवेशन आगामी सेप्टेम्वर २२ तारिख टोकियोमा हुने भएको छ। महासंघका अध्यक्ष मोहन घलेको अध्यक्षतामा अाइतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले अधिवेशनका लागि अध्यक्ष घलेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ। यसैगरी बैठकले पत्रकार महासंघको सदस्यता नविकरण तथा क्रियाशील पत्रकारहरुका लागि नयाँ सदस्यताको लागि आवेदन पनि खुल्ला गरेको छ ।

दुई वर्षें कार्यकाल रहेको पत्रकार महासंघको दुई वर्ष अघि अप्रिल १० तारिख पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न तेस्रो अधिवेशनबाट मोहन घलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो ।

त्यसैगरी बैठकले नयाँ सदस्यता वितरण गर्ने तथा पुराना सदस्यहरूको परिचयपत्र नविकरण गर्ने पनि निर्णय गरेको छ। नयाँ सदस्यताका लागि अगष्ट २० तारिख सम्म आवश्यक कागजात महासंघको जापान शाखालाई बुझाईसक्नु पर्ने समय सिमा निर्धारणा गरिएको छ ।

प्राप्त आवेदनहरुलाई संयोजन गर्न महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेको संयोजकत्वमा पाँच सदस्यिय छानविन समिति गठन गरिएको छ। समितिले आवेदनहरूको आवश्यक छानविन गरी केन्द्रमा पठाउन सिफारिस गर्नेछ।

यसैगरी बैठकले अगष्ट ४ तारिख टोकियोमा जापानमा क्रियाशील अनलाईन पत्रिकाका सम्पादक तथा क्रियाशील पत्रकारहरुकावीच अन्तकृया कार्यक्रमको आयोजना गर्ने पनि जनाएको छ।

महासंघको रिक्त पदमा थापा र अधिकारी चयन

यसैगरी अाइतबारको वैठकले महासंघमा रिक्त रहेको सदस्य पदमा सरीता थापा नागोया र गोर्कण अधिकारी टोकियोलाई पदपूर्ति गरिएको छ। जापानमा कृयाशिल पत्रकारिता गरेको आधारमा दुवैलाई सिफारिस गरिएको महासंघले जनाएको छ ।

एनआरएनए जापानको उम्मेदवारहरुसँग बहस कार्यक्रम गर्ने

यस्तै महासंघले आगामी सेप्टेम्बर ६ मा हुने गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अधिवेशनको पूर्व सन्ध्यामा नयाँ पदाधिकारीहरूका आकांक्षाीहरूसंग बहस कार्यक्रम गर्ने भएको छ। खुल्ला बहस कार्यक्रम पदका आकांक्षीहरूसँग अगष्ट महिनाको १८ तारिख टोकियोमा हुने भएको छ ।

Loading...