इँटाभट्टाले खनेको खाल्डोमा डुबेर लालबन्दीस्थित पुनर्वासका १ बालकको मृत्यु

सर्लाही, ७ साउन । लालबन्दी नगरपालिका वडा नम्बर- २ अन्तर्गत पर्ने पुर्नवासमा एक बालकको डुबेर मृत्यु भएको छ । पुनर्वासको सी टोलमा एक १० वर्षिय बालकको खाल्डोमा डुबेर ज्यान गएको हो ।

ज्यान जानेमा स्थानीय सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवान रहेका छन् । घर नजिकैको सूर्य इँटाभट्टाको खाल्डोमा डुबेर उनको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

हराइरहेको बालकलाई खोज्ने क्रममा गए राति ९ बजे खाल्डोमा डुबेको अवस्थामा फेला पारिएको थियो । खाल्डोबाट तत्काल उद्धार गरी लालबन्दीस्थित अस्पताल पु¥याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।

इँटाभट्टाले जथाभावी खाल्डो खनेको र तारबारले व्यवस्थित नगर्दा दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

Loading...