सरिताको सहयोगको लागी कलाकारहरु एकसाथ उभिने

 ३१ श्रावण /काठमाडौं                                                आफ्नो बुबालाई कलेजो दान दिएपछि उपचार लगायत दैनिक घर संचालनमा आर्थिक समस्या भोग्दै आएकि सरिता महर्जनको सहयोगार्थ नेपाः डान्स एकेडेमिका कलाकारहरु एकसाथ उभिने भएका छन्् । एकेडमिले प्रेश विज्ञप्ति जारी गर्दै बुबाको कलेजो प्रत्यारोपण पछि आर्थिक समस्या झेल्दै आउनुभएकि सरिता महर्जनको सहयोगार्थ यहि आउँदो भदौ ३ गते शनिबारका दिन नेपाः म्यूजिक र क्लब डेजाभुको सहकार्यमा सांगितिक कार्यक्रम ‘होप’ आयोजना गर्न लागेको जनाएको छ ।
बुबाको कलेजो प्रत्यारोपण पछिको उपचार, आमाको मृगौला सम्बन्धि समस्याको उपचार साथै आफ्नै उपचारमा दिनहुँ जसो ठुलो रकम खर्च गरिहनुपर्दा काठमाडौं लगन टोल निवासी सरिता महर्जन अहिले आर्थिक समस्यामा जेलिएकि छिन्् । विगतमा बुटिक संचालन गर्दै आएकि सरिताले अहिले स्वास्थ्य सम्बन्धि समस्याकै कारणले व्यवसाय बन्द गर्नुपरेको अवस्थामा उनको कुनै आयश्रोत पनि छैन । ‘हुन त सरिता हाम्रै एकेडेमिकी पूर्व विद्यार्थी पनि हुन्् । तर सरितालाई समस्यामाथि समस्या आइपरेको यस्तो अवस्थामा मानवताको नाताले पनि उनको सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’ एकेडेमिका अध्यक्ष रोहिया महर्जनले बताउनुभयो । सो कार्यक्रमबाट संकलन हुने रकम सरितालाई हस्तान्तरण गर्ने अध्यक्ष महर्जनले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेपालका चर्चित कलाकार साथै नेपाः डान्स एकेडमीका कलाकारहरुबाट कला प्रस्तुति रहने कार्यक्रम संयोजक रीना महर्जनले जानकारी दिनुभयो । ‘यस कार्यक्रमबाट केहि सहयोग उपलब्ध गराइ सरिताको आमाबुबाको उपचारको साथै भविष्यमा उनलाई कुनै आयमूलक रोजगारको शुरुवात समेत गर्न टेवा पुगोस भन्ने उद्देश्य रहेको छ । संयोजक महर्जनले कार्यक्रमको उद्देश्य बताइन्् । नेपाः डान्स एकेडेमिले नेपाः म्यूजिक र क्लब डेजाभुसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । ‘एउटा पवित्र संकल्प सहित सामाजिक उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागेका छौं । हाम्रो यस सामाजिक उद्देश्यमा, सबैले साथ दिनुहुनेछ भन्ने आशा लिएका छौं’ कार्यक्रम व्यबस्थापक गम्भिर मान सिंहले भन्नुभयो ।

Loading...