सबैभन्दा बढी तरकारी उत्पादन हुने सर्लाहीमा नै गोलभेडा किलोको २ सय, खुर्सानीको ४ सय रुपैयाँ

सर्लाही, ६ साउन । सर्लाहीमा हरियो तरकारीको भाउ केही दिन यता आकासिएको छ । केही दिन देखिको अविरल बर्षापछि जिल्लाको अधिकांश तरकारी खेतीका भूभाग डुवानमा पर्दा किसानले खेतमा लगाएको हरियो तरकारीको बिरुवा मर्न थालेपछि तरकारीको भाउ ह्वातै आकासिएको हो ।

जिल्लामा उत्पादन हुने हरियो तरकारी भाउ ह्वात्तै बढेको छ ,बजारमा तरकारीको माग अनुसारको तरकारी नआउँदा मुल्य बढेको कृषि उपज बजार लालबन्दीका ब्यबस्थापक शम्भु प्रसाद घिमिरेले बताए ।

प्रदेश २ मा सबै भन्दा बढी तरकारी उत्पादन हुने सर्लाहीमा हरेक तरकारीको मूल्य महङ्गिएको हो । अहिले सर्लाहिका बजारहरुमा हरियो खुर्सानीको मुल्य ४ सय रुपैयाँ प्रतिकिलो छ भने गोलभेडा २ सय रुपियाँ प्रतिकिलो पुगेको छ ।

त्यस्तै घिरौला, रामतोरिया, करेला,पर्वर,भान्टा लगायतका तरकारी ६० रुपियाँ भन्दा माथि रहेको हरिवनका व्यापारी प्रमोद कुमार चौधरीले बताए ।

डुवान हुनु भन्दा पहिलाको तरकारीको भाउको तुलनामा अहिले झन्डै तेब्बरले बृदी भएको छ ।वर्षाले पर्याप्त मात्रामा नयाँ तरकारी उत्पादन हुन नसकेकाले मूल्य वृद्धि भएको एक ब्यापारीले बताए ।

डुवानका कारण तरकारी उत्पादन घटेकाले बजारमा एक हप्तादेखि निकै कम तरकारी आएको छ । वर्षाले बारीमा लगाएको सबै तरकारी डुबानमा परेकाले किसानले यो वर्ष ठूलो क्षति व्यहोर्नु परेको हरिवन ४ का अर्का किसान राम नाथ महतोले बताए ।

तरकारी धेरै खरिद बिक्री हुने बजार लालबन्दि, हरिऔन, हरिपुर, बरहथवा, नवलपुर, गोडैता, मलंगवा लगायतका बजारहरु हरियो तरकारी डुवानपछि निकै कम आउने गरेको र बाहिरबाट समेत नआउने गरेको ब्यापारीहरुले बताएका छन ।

स्थानीय बजारमै तरकारी कम आएकाले सर्लाहीबाट देशको बिभिन्न ठाउँमा चाहेजति तरकारी निर्यात हुन समेत नसकेको ताजा तरकारी उपज केन्द्र नवलपुर सर्लाहीले ननस्टपखबर लाई जानकारी गराएको छ ।

Loading...