बारामा गोली चल्यो : एक युवकको मृत्यु

बारा, ६ साउन । बारामा दिनदहाडै गोली चलेको छ । सुवर्ण गाउँपालिका- १ बगहीमा गोली चलेको हो । गोली लागेर एक जनाको मृत्यु भएको छ ।

बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरका अनुसार मृतकको सनाखत हुन सकेको छैन । प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको बताइएको छ ।

शव हेर्दा मृतक युवक भएको र सौरभ नामको ट्याटुले खोपिएको जनाइएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

Loading...