गारेथ बेलले मड्रिड यहि सिजनबाट छाड्ने, जिदानले गरे पुष्टि

एजेन्सी । रियल मड्रिडले ग्यारेथ बेलका लागि राम्रो अफरको पर्खाइमा रहेको प्रशिक्षक जिनेदिन जिदानले पुष्टि गरेका छन् ।

आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि जिदानले बेललाई टिममा राखेनन् ।

बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, यो बेल, क्लब र सबैका लागि राम्रो हुनेछ ।’

यद्यपि बेलसँग आफ्नो व्यक्तिगत समस्या नभएको पनि दाबी गरे ।

गत सिजनबाट बेलको प्रदर्शन खस्किएपछि क्लबमा परिवर्तनको निर्णय गरिएको प्रशिक्षक जिदानले बताए । ‘यो प्रशिक्षकको निर्णय हो, साथै खेलाडीको पनि, जसलाई अहिले अवस्थाबारे जानकारी छ,’ उनले भनेका छन् ।

बेल च्याम्पियन ट्रफी र लालिगामा समेत राम्रो प्रदर्शन गर्दै आए पनि पछिल्लो समय प्रदर्शन खस्कदै गएको बताइन्छ ।

पछिल्लो युरो कपमा उनको प्रेरणामा वेल्स सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।

३० वर्षे बेलको सम्झौता अझै तीन सिजनका लागि छ, तर उनी पूर्वक्लब टोटनहृयाम र्फकने वा म्यानचेष्टर युनाइटेड जाने सम्भावना छ ।

Loading...