सर्लाहीमा आफैले चलाएको ट्याक्टर पल्टिँदा १३ वर्षिय बालकको मृत्यु

सर्लाही । सर्लाहीमा एक १३ वर्षिय बालकको ज्यान गएको छ । आफैले चलाएको ट्याक्टर पल्टिँदा उनको ज्यान गएको हो ।

कौडेना गाउँपालिका–२ का स्थानीय विजय रायका छोरा नितेशकुमारको ज्यान गएको सर्लाही प्रहरीले पुष्टि गरेको छ । लु १ त ८३७० नम्बरको ट्याक्टर चलाएर आफ्नो खेत तर्फ गएका नितेशको आफ्नै ट्याक्टरले ज्यान लिएको छ ।

शनिबार राति उक्त दुर्घटना हुन पुगेको प्रहरीले जानकारी गराएको छ ।

Loading...