ठूलो वर्षा गराउने मौसम सक्रिय, भोलिदेखि नेपालमा भारी वर्षा हुने मौसमविदको भनाइ

काठमाडौं, ५ साउन । नेपालमा भाेलिदेखि ठूलाे वर्षा हुने माैसमविदले बताएका छन् । भारतबाट नेपालतर्फ अाउने ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुनकाे न्यून चापीय रेखा नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले हाल नेपालदेखि दक्षिण रहेको न्यून चापीय रेखा बिस्तारै उत्तर आउने क्रममा रहेकाे जानकारी दिइन । जसले गर्दा नेपालमा क्रमशः मौसम बदली र वर्षा हुने क्रम बढ्दै गएको उनले जानकारी दिइन ।

देशको पूर्वी क्षेत्रका केही स्थानमा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको र दिउँसो अन्य स्थानमा पनि पानी पर्ने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । ।

‘दिउँसो देशका केही स्थानमा वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘दिउँसोभन्दा रातितिर बदली अझ सक्रिय हुने देखिएको छ, मध्य र पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।’

भोलि सोमबारबाट यो क्रम अझ बढ्ने उनको भनाइ छ। किनभने सोमबार राति न्यून चापीय रेखा नेपाल नजिकै आइपुग्ने र पर्सि मंगलबार बिहान नेपालै भित्रिने संकेत देखिएको छ।‘भोलि रातिदेखि भारी वर्षा सुरु हुने र पर्सीदेखि झनै बढ्ने मौसमविदको भनाइ छ ।

वर्षासँगै विपद अाउने भएकाेले माैसमविदले वर्षाले असर गर्ने क्षेत्रमा सचेतता अपनाउनुपर्ने र सम्भावित विपदलाइ राेक्न तयारी गर्नुपर्ने बताएका छन  ।

Loading...