लोक सेवाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे कारबाही (सूचना सहित )

काठमाडौँ, ५ साउन । लोक सेवा आयोगले प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरेमा कारबाही गर्ने जनाएको छ ।

आयोगले लिखित परीक्षामा प्रश्नपत्र फिर्ता गर्नुपर्नेमा नगरी आफूसाथ लगेमा वा प्रतिलिपि गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सोही प्रकारका अन्य काम कारबाही गरेमा प्रचलित काूनन बमोजिम कारबाही हुने जनाएको हो ।

जारि स्थानीय तहका विभिन्न पदका लागि लिखित परीक्षा सञ्चालन भई रहँदा ४ गतेको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । यसले लोकसेवा आयोगको गोपनियतामा नै प्रश्न उठेको थियो ।

Loading...