घरको कोठाभित्र आएर जब बाघ मस्त निद्रामा सुतेको देखियो

एजेन्सी । शुक्रबार भारतको आसाममा एक बाघ मान्छेका घरभित्र सुतेको अवस्थामा भेटिएको छ।

उक्त बाघ काजीरंगा राष्ट्रिय निकुन्जबाट भागेको अनुमान गरिएको छ। आसाममा रहेको उक्त निकुन्जमा ठूलो बाढी पसेपछि त्यहाँ हालैका दिनमा ९२ जनवारहरु मरेका थिए।

उक्त बाघ ज्यान जोगाउन मानव वस्तीमा पसेको अनुमान गरिएको छ। जब मोतिलाल शुक्रबार घर फर्किए उनले केही अनौठो दृश्य आफ्नो आँखा अगाडि देखे।

जंगली बाघ आफ्नो ओछ्यानमा निदाइरहेको देखेपछि उनी अत्तालिए। उनी हतारहातर घरबाट भागे नजिकैको वन्यजन्तु संरक्षण केन्द्रलाई खबर गरे।

संरक्षण केन्द्रका अधिकारीहरु त्यहाँ आउँदासम्म त्यो बाघ अझै सुतिरहेको उनीहरुले बताए। उक्त बाघ बिहीबार एक राजमार्गमा समेत देखिएको जनाइएको छ।

राथिन बरम्यान जसले मोतिलालको घरको बाघ हटाउने टोलीको नेतृत्व गरेका थिए। उनका अनुसार बाघको निन्द्रालाई कसैले बाधा पुर्याएन। उनी भन्छन्,‘प्रकृतिलाई सम्मान गर्नुपर्छ।’ सुत्न दिइएपछि केही घन्टामा आफूहरुले पटेका पड्काएर बाघलाई निन्द्राबाट ब्युँझाएको उनको भनाइ छ।

बाघ त्यसपछि आफ्नो बाटो लागेको थियो। आफूहरुले बाघबारे जानकारी दिएका कारण मानिसहरु बाघ हिड्ने संभावित स्थानमा कोही पनि ननिस्किएको बरम्यानले बताए।

युनेस्कोको अनुसार काजीरंगा नेसनल पार्कमा ११० बाघ छन्। तीमध्ये कुनै बाघ यसपटकको बाढीमा मरेनन्। यद्यपी ५४ वटा करिण, ७ गैंडा, सात बँदेल र एक हात्ती सहित ९२ वटा जनवार मरेको जनाइएको छ। बीबीसीका अनुसार बाढीका कारण आसाम र बिहारमा गरी यसपटक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

Loading...