भ्रष्टाचार र अख्तियार

भ्रष्टाचार र अख्तियार
(प्यारोडी)

बर्षायाम एक दिन अख्तियार आयो
ठेकेदारले अफिसमा नोटको बिटो झार्‍यो

झ्याम्म झ्याम्म लाग्ने रेड लेभल पनि थियो
साझ तिर सुइक्याउने उनको सुरताल थियो

फुर्तीफार्ती धेरै थियो सबलाई देखाउथे
यसैगरी सधै उनले दिन बिताउथे

अख्तियार एकदिन आयो उनलाई पक्राउ गर्‍यो
टेबलको अघिल्तिर ठ्याक्कै ५ लाख फेला पर्‍यो

भ्रष्टाचारी औ ठुला माछा खै त अख्तियार
कि भयो उनिहरु सँगै तिम्रो गहिरो प्यार

वाइडबडी ,३८ क्विन्टल सुन सबै हराई गए
पत्तोपलास छैन कही लौ न कता गायब भए

सरकारी र गुठीको जग्गा त देख्नै नहुने भयो
लौ भन्न अख्तियार को कस्को नाउमा गयो

एनसेलको कर पनि भयो एकादेशको कथा
कित्ता काट्दा ठ्याक्कै एक लाख मालपोतको ब्यथा

हेर यिनको कर्तुत देख्दा मनै धुरुधुरु रुन्छ
भ्रष्टाचारीलाई कारबाही गरे देश चाडै बन्छ

महादीप पोखरेल ।
०७६-०४-०४ ।

Loading...