प्राविधिक धारको पढाई उद्घाटन गर्दै मेयर प्रसाइले भने – हरिवनमा कृषि गर्नेले गर्व गर्ने स्थिति बनाउछौं

सर्लाही, ४ साउन । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले समृद्ध हरिवनको सपना कृषि क्रान्तिबाट पूरा हुने प्रष्ट पारेका छन् । कृषि शिक्षाको माद्यमबाट कुसल प्राविधिकको उत्पादन गरी उन्नत तरीकाले खेती गरे कृषिको उत्पादकत्व बढाउन सकिने उनले बताए ।

हरिवनकै पहिलो तथा एक मात्र नमुना विद्यालयको रुपमा रहेको हरिवन ८ स्थित महादेव जनता नमुना माद्यमिक विद्यालयले संचालन गरेको बाली विज्ञान कक्षा उद्घाटन गर्दै नगर प्रमुख प्रसैले यो सन्सार थाम्ने कृषक नै भएकोले कृषि विषय लिएर बढ्न विद्यार्थीलाई अभिप्रेरित गरेका थिए ।

राज्यले कृषिको लागि ठुलो लगानी गरेकोले कृषिमा अवसर भएको बताएका प्रमुख प्रसाइले हरिवन नगरपालिकाले पनि कृषिको विकाशको लागि कृषक भएकोमा गर्व गर्न सक्ने गरि नीति निर्माण र व्यवहार गर्ने बताए । समय सान्दर्भिक शिक्षा हरिवनमा आएको बताउदै मेयर प्रसाईले अब यसको अध्ययन र उपयोगिताबाट हरिवनले कृषीको र रोजगारिको क्षेत्रमा ठुलो फड्को मार्न सक्ने कुरामा जोड दिए।

सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको अनुदान सहयोगमा बाली विज्ञानको कोटा सर्लाहीको हरिवनस्थित महादेव जनता नमुना माद्यमिक विद्यालयले हात पारेको हो । यो संगै ४० जना विद्यार्थीले अब प्रत्येक वर्ष निशुल्क रुपमा प्राविधिक धारको कक्षा ९-१२ सम्मको कृषि विषयको प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।

एक अर्को प्रशंगमा नगर प्रमुख प्रसाइले तराईको हरिवन क्षेत्र कृषिको उर्वर भुमि रहेको र त्यसमा पनि खास गरि फलफूल तथा ताजा तरकारी र माछा पालनको लागी उपयुक्त स्थान रहेको बताउदै अब त्यस क्षेत्रको उत्पादनको वृद्धिको लागी सिचाइको समस्या समाधनमा समेत प्रतिवद्धता प्रकट गरे । सिंचाइको लागि अन्तर्राष्ट्रिय सहयोग संस्था एडीबीको सहयोगमा सौर्य उर्जाबाट सन्चालन गर्ने गरी डीपीआर तयार गरि पठाईसकेको जानकारी गराउदै उनले सिचाइको समस्या अन्त्य हुने आस्वाशन दिए ।

Loading...