सिरहामै भयो यस्तो अपत्यारिलो घटना, १८ वर्षिया युवतीले काटिन् आफ्नै लोग्नेको लिङ्ग

सिरहा । आवेशमा आएर महिलाले आफ्नै लोग्नेको लिङ्ग टोकेको, काटेको वा चोट पुर्याएको घटना विदेशतिर सुनिएकै हो तर यस्तै घटना नेपालमै घटेको छ ।

सिरहाको लहानमा एक महिलाले आफ्नै लोग्नेको लिंग काटी घाइते बनाएकी छिन् । लहान नगरपालिका- ३ मा १८ वर्षिया एक युवतीले आफ्नै लोग्नेको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । घरायसी विवादका कारण ति महिलाले यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महतो थरकी ति युवतीले मंगलबार राति शारीरिक सम्पर्क गर्ने क्रममा २६ वर्षीय आफ्नो लोग्नेलाई लिंक काटेर घाइते बनाएकी हुन् । घाइते महतोको लहानमा उपचार भइरहेको बताइएको छ ।

यी दुई दम्पतिको गत वैशाख २२ गते मात्र मागी विवाह भएको थियो । के बिषयमा बिबाद बढ्दा १८ वर्षिया युवतीले आफ्नै लोग्नेको यो हालत बनाइन भन्ने बिषय बाहिर आउन सकेको छैन । इलाका प्रहरी कार्यलय लहानले युवतीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

तस्वीर : सांकेतिक

Loading...