म जेल जान तयार छु – प्रियङ्का गान्धी

मिर्जापुर, भारत, ४ साउन । भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छिन् ।

गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।

“पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उनले ट्विटरमा लेखेकी छिन । उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छिन । आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।

Loading...