अस्पतालका स्वास्थ्यकर्मी नै झुण्डिएको अवस्थामा भेटिए

सिमकोट, ४ साउन । हुम्लामा एक स्वाथ्यकर्मीको शव झुण्डिएको अवस्थामा भेटिएको छ । सर्केगार्ड गाउँपालिका–२ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्यर आचार्यको डिभिजन वन कार्यालयको माथिल्लो तलको बार्दलीको रेलिङ डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । उनी काम विशेषले सदरमुकाम सिमकोट आएका थिए ।

विगत २२ वर्षदेखि हुम्लामा सेवा प्रदान गर्दै आएका ५७ वर्षे आचार्यले शुक्रबार बेलुका करिब साढेआठ बजेतिर झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए । आचार्यका आफन्तको अनुमति बिना शवलाई झुण्डिएको ठाउँबाट ननिकालिने पनि उनले बताए ।

सधैँ रिप स्वास्थ्य चौकीमै बस्ने आचार्य शुक्रबार दिउँसो स्वास्थ्य कार्यालयमा आएका थिए । बेलुका पनि कार्यालयका सहकर्मीसँग बस्ने निधो गरेका आचार्यले एक छिन बजारमा काम परेको र त्यसपछि कार्यालयमै आएर बस्ने बताएको अन्य सहकर्मी कर्मचारीले बताएका छन् ।

Loading...