पाइपलाइनको परीक्षण सफलः केही दिनमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिने

काठमाडाँै, ३ साउन । नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ ।

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गरेका छन् ।

परियोजनाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो पटक भारतले पटनाको मोतिहारी हुँदै अमलेखगञ्जसम्म पाइपलाइनबाट पठाएको डिजल अमलेखगञ्ज डिपोमा प्राप्त गरेको र सो कार्यको परीक्षणसमेत भइरहेको जनाइएको छ ।

“अबको केही दिनभित्र अमलेखगञ्ज डिपोका प्राविधिक प्रक्रिया सम्पन्न गरी पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात कार्यको शुरुआत गरिने छ”, विज्ञप्तिमा उल्लेख छ ।

पाइपलाइनको परीक्षण सफल

वीरगञ्ज–मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । बिहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएको आयोजना कार्यालय सिमराले जनाएको छ ।

“अमलेखगञ्जमा राखिएको ट्याङ्किमा डिजल पठाउन पटनामा तयारी अवस्थामा रहेको छ र सुइच अन गरेपछि सो डिजल अमलेखगञ्ज आउने छन”, आयोजनाका इञ्जियर शरदकुमार पौडेलले भने ।

यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । आज पनि डिजल पठाएर परीक्षण गरिएको छ । शुरुमा पाइपलाइनबाट ६५० किलोलिटर पानी र एक हजार किलोलिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको थियो ।

पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो । सो पाइपभित्र तरल पदार्थसँगै रबरका टुक्रा, इलेक्ट्रिक, चुम्बकीय पदार्थ आदिको मात्रा सहितका पदार्थ पठाएर पाइपको भित्री भाग सफा गरिएको थियो ।

सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण गरिएको थियो ।

यसमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानी छ । जसमा दुई अर्ब भारत सरकारको र रु ७५ करोड नेपाल सरकारको रहेको छ । कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ । विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउन सकिने छ ।

अमलेखगञ्जस्थीत आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिनेछ । सो पाइपलाइनको उद्घाटंन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोकने प्रक्रिया शुरु भएको जनाइएको जनाइएको छ ।

Loading...