लेबनानको घाटा बजेटमा उल्लेख्य कमी

एजेन्सी । लेबनानको बजेट घाटा सन् २०१९ को पहिलो चार महीनामा उल्लेख्य कमी आएको यहाँको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्कअनुसार बजेट घाटा २७ दशमलव ८९ प्रतिशतले घटेको देखिएको छ ।

बजेट घाटामा देखिएको कमीका लागि खर्चमा आएको १५ दशमलव ४५ को कमी र राजश्वमा देखिएको ९.२ प्रतिशतको कमी जिम्मेवार रहेको बताइएको छ । बाइव्लस बैंकका अनुसन्धान विभागका प्रमुख नासिब घोब्रिलले सिन्ह्वालाई दिएको जानकारीअनुसार अर्थमन्त्रीले कर्मचारीको तलबलगायत आधारभूत आवश्यकता जस्ता शीर्षकमा नै गरेको नियन्त्रणका कारण खर्चमा कमी भएको र यसका कारण बजेट घाटालाई कमी गर्न सकिएको बताए ।

सरकारको बजेट घाटा नियन्त्रण गर्ने नीतिले राजश्व सङ्कलनमा पनि कमी आएको र भन्सार, भ्याट, टेलिकमको राजश्वलाई क्रमशः ६ दशमलव ३, १४ र १६ दशमलव ७ प्रतिशतमा झारिएका कारण पनि बजेट घाटामा कमी देखिएको हो ।

पहिलो चौमासिकमा बजेट घाटा न्यून बन्नु राम्रो खबर भएको र यसले वर्षको अन्त्यसम्म पनि निरन्तरता पाउने घोब्रिलले बताए । लेबनानी संसद्ले सन् २०१९ को बजेटले घाटा बजेटलाई ११ दशमलव ४ प्रतिशतबाट ७ दशमलव ५९ प्रतिशतमा झार्ने प्रतिबद्धतासहित शुक्रबार नै मतदान गर्नेछ ।

मतदानले अर्थमन्त्रालयद्वारा गरेको घाटा बजेट घटाउने निर्णयलाई अनुमोदन गर्ने र लेबनानमा देखिएको आर्थिक सङ्कटलाई आर्थिक सुधारका कार्यक्रममार्फत घटाउन ‘सेडार’ सम्मेलनले दिएको सुझावलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

Loading...