दिनमा ३० मिनेट खर्च गर्नुहोस जीवनमा परिवर्तन आफैले देख्नुहोस (भिडियो सहित)

योगा गर्न को लागि सबै भन्दा आवश्यक कुरा तपाईं को शरीर र मन हो । योग ले शान्ति दिन्छ । जब तपाईं आफै भित्र शान्ति हुन्छ तब तपाईं अरूसित शान्ति संग बाँच्न सक्नु हुन्छ ।

यांत्रिक अभ्यास भन्दा ज्ञान राम्रो हो । ज्ञान भन्दा राम्रो ध्यान हो । योग स्वतंत्रता को बाटो हो , योग लाई निरंतर अभ्यास गर्नु भयो भने डर , पीड़ा र एक्लोपन बाट आफूलाई मुक्त गर्न सक्नुहुन्छ। बिहान सबेरै उठ्नुहोस्, योगा गर्नुहोस्, मन परे पूजापाठ पनि गर्नुहोस्। दिन मा 30 मिनेट योगा ले तपाईंको जीबन मा धरै परिबर्तन आउछ । एउटा स्वस्थ मन र स्वस्थ शरीर को कनेक्शन नै सुखी जीवनको साँचो छ।

हाम्रो नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकत्रित गरिन्छ । सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।

योग मनमा रहेका विकार हटाई चेतनाको बोध गराउने विज्ञान मानिन्छ। योगको सृजना भगवान शिवले गरेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । मानिसलाई सम्पूर्ण दुःखरुपि भावबाट मुक्त गराई निरोगि, आनन्दित र स्वतन्त्र जिवन जिउने बाटो देखाउन हजारौं वर्ष अगाडि नै आबिष्कार भएको विज्ञान हो योग शास्त्र।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योग हुन्छ । त्यसैले योग गरौ स्वस्थ रहौं ।

हेर्नुहोस भिडियो

Loading...