भैसी चोरेको भन्दै तीन जनाको कुटिकुटी बिभत्स हत्या

काठमाडाैं । भारतको बिहारमा भैँसी चोरेको आरोपमा तीन जनाको कुटिकुटी हत्या भएको छ। बिहारको सारण जिल्लामा नौशाद कुरैशी, राजू नट र विदेशी नटलाई स्थानीयको भिडले कुटिकुटी हत्या गरेको हो ।

यो घटना सारणको बनियापुर थाना अन्तगर्त पिठौरी नन्दलाल गाउँमा भएको हो । गाउँमा भैँसी चोर्ने गएका बेला स्थानीयले नियन्त्रणमा लिएर उनीहरुमाथि कुटपिट गरेको र उपचारका क्रममा तीनै जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...