सर्लाहीमा घुस रकमसहित ईन्जिनियर समातिए

सर्लाही, ३ साउन । सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् ।

गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको होटल अशोकाबाट रंगेहात पक्राउ गरिएको बताइएको छ ।

बर्दिबासबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलिले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार बर्दिबासले जनाएको हो ।

गाउँपालिकाको कामको बिल भौचर सदरमुकाम मलंगवामै बसेर घुस रकम लिदै हिसाब मिलाएर फर्छौट गरिरहेको अबस्थामा त्याँहा पुगेको अख्तियारको टोलिले यादबलाई घुस रकम सहित पक्राउ गरेको अख्तियारको दाबी छ ।

उनलाई विहीवार साझै थप अनुसन्धानको लागि बर्दिबास लगिएको जानाकारी प्राप्त भएको छ ।

सर्लाहीमा विभिन्न कार्यालय बाट पटक पटक घुस रकम सहित कर्मचारी रंगेहात पक्राउ पर्दै आएको भए पनि घुस लिने र घुस रकम नपाए सम्म काम नै नहुने /नगरिदिने परिपाटीले गर्दा जिल्लाका विशेषत: सरकारी निकायका विकासे काम तथा अन्य सेवा लिन समेत समस्या हुने गरेको उपभोक्ता तथा सर्लाही नागरिकहरुको गुनासो भने यथावत छ ।

यसरी कर्मचारी पक्राउ पर्दा पनि घुस लिने काममा कमि आउन नसक्नु र अहिले सम्म अख्तियारले पक्राउ गरेका कर्मचारीको बिबरण सार्बजनिक नगर्नुले पनि अख्तियारको कदम प्रति नागरिक आस्वस्त हुन नसकेको भ्रष्टाचार बिरोधी अभियन्ताहरु बताउछन ।

जिल्लाका नापी, मालपोत, शिक्षा, जिल्ला समन्वय समिति लगायतबाट कर्मचारी पक्राउ परेका भएपनि सर्लाहीमा अख्तियारको टोलिले स्थानिय निकायको कर्मचारीलाई भने घुस रकम सहित पक्राउ गरेको यो पहिलो पटक हो ।

Loading...