पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी पनि भ्रष्टाचारको आरोपमा पक्राउ


२ साउन, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा विहिवार उनलाई पक्राउ गरिएको हो ।

गत महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारी पनि झुठ्ठा बैंक खाता सम्बन्धी आरोपमा पक्राउ परेका थिए ।  अब्बासीलाई भने उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतामा भ्रष्टाचार भएको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

पकिस्तानको जवाफदेहीतासम्बन्धी निकाय नेशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमुख विपक्षी दल पीएमएल–एनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो । अब्बासीले भने निरन्तर आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन् ।

विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको आरोप लगाएका छन् ।

ब्युरोको १२ सदस्यीय टोलीले अब्बासीलाई पक्राउ गरेको थियो । पाकिस्तानी समाचार च्यानल डन न्यूज टिभीका अनुसार पत्रकार सम्मेलन गर्न निक्लिएका बेला उनलाई गिरफ्तार गरिएको थियो।

शुरूमा गिरफ्तारीको विरोध गरेपनि उनले पछि आफूलाई ब्युरोका अधिकारी समक्ष समर्पण गरेका थिए । कानुनी प्रक्रिया अनुसार शुक्रवार उनलाई अदालतमा पेश गरिनेछ । अब्बासी सन् २०१७ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए

Loading...